मुख्य समाचारविश्व

गोली लागेर घाइते भएका पाकिस्तानका पूर्वप्रधानमन्त्री खान अस्पतालबाट डिस्चार्ज

कात्तिक २१, गोली लागेर घाइते भएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । गएको बिहीवार खानलाई खुट्टामा गोली लागेको थियो ।

यो गोलीकाण्डमा खानले आफ्ना उत्तराधिकारी शहबाज सरिफको संलग्नता रहेको आरोप लगाउनु भएको छ । उहाँ हिजो अस्पतालबाट डिस्चार्ज हुनुभएको हो । गएको अप्रिलमा खान सत्ताच्युत भएदेखि नै पाकिस्तानमा राजनीतिक सङ्कट चुलिएको छ।

पाकिस्तान सरकारले टेलिभिजन च्यानलमा पूर्वप्रधानमन्त्री इमरान खानको भाषण प्रसारणमा रोक लगाएको छ । पाकिस्तानको इलेक्ट्रोनिक मिडियाको नियामक निकायले टेलिभिजन च्यानलबाट इमरान खानको भाषण प्रसारण गर्न रोक लगाएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button