प्रदेश ३मुख्य समाचारविशेष

खाद्यले आजदेखि खसीबोका/च्याङ्ग्रा बिक्री गर्दै, उपत्यकामा ६० हजार सङ्ख्यामा खपत हुने अनुमान ।।

खाद्य संस्था सदैव खाद्य गुणस्तरमा प्रतिवद्धत

काशिराम जैसी
असोज १२,
काठमाण्डौ – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसीबोका र च्याङ्ग्रा बिक्री गर्ने भएको छ । आजदेखि कम्पनीको थापाथलीमा रहेको प्रादेशिक कार्यालयबाट बिक्री सुरु गर्दैछ ।

दाङ, धादिङ, मकवानपुर लगायतका जिल्लाबाट खसीबोका र दार्चुुलाबाट च्याङ्ग्रा ल्याइएको कम्पनीका कार्यकारी निर्देशक मोहन प्रकाश चन्दले रेडियो मिर्मिरलाई जानकारी दिनुभएको छ । कम्पनीका अनुसार पहिलो चरणमा २ सय २७ वटा च्याङ्ग्रा पनि काठमाण्डौ आइसकेका छन् । कम्पनीले हिजो खसीबोका प्रतिकेजी ६ सय ८० रुपैयाँ र च्याङ्ग्रा प्रतिकेजी एक हजार दुई सय ६० रुपैयाँ मूूल्य निर्धारण गरेको छ ।
गएको वर्ष कम्पनीले खसीबोकाको मूूल्य प्रतिकेजी ६ सय ५० रुपैयाँ निर्धारण गरेको थियो । खरिद मूूल्य नै बढेकाले मूूल्य बढ्न गएको कार्यकारी निर्देशक मोहन प्रकाश चन्दले जनाएको छ । कम्पनीका कार्यकारी निर्देशक मोहन प्रकाश चन्दले च्याङ्ग्रा र खसीबोका र कर्णालीको सिमीमा प्रतिकेजी १० रुपैयाँ छुुट दिइएको पनि जानकारी दिनुभयो ।

छुटमा खरिद गर्दा उपभोक्तालाई खसीबोका प्रतिकिलो ६ सय ७० रुपैयाँ र च्याङ्ग्रा १२ सय ५० रुपैयाँ पर्नेछ । कम्पनीले खसीबोका प्रतिकेजी ५ सय ७० देखि ६ सय रुपैयाँमा र च्याङ्ग्रा प्रतिकेजी एक हजार १ सय ५० रुपैयाँमा खरिद गरेको कम्पनीले जनाएको छ ।

खाद्यले बिक्री गर्ने मूल्य व्यापारीको भन्दा किलोकै ५० रुपैयाँ सस्तो पर्ने कम्पनीका कार्यकारी निर्देशक मोहन प्रकाश चन्दले बताउनुभयो । यसपालि काठमाण्डौ उपत्यकामा ५० देखि ६० हजार सङ्ख्यामा खसीबोका खपत हुने अनुमान छ । तर खाद्यले थोरै मात्रै बिक्री गर्ने भएकाले सबैलाई सहज हुने अवस्था छैन । यो बजार हस्तक्षेप मात्रै रहेको कम्पनीले जनाएको छ । पशुसेवा विभागले हिजोदेखि नै काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा खसीबोकाको स्वास्थ्य परीक्षण समेत सुरु गरेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले देश भएका ४१ जिल्लाको ४३ ठाउँवाट सुलभ मूल्यमा खाद्य वस्तुको विक्री वितरण गर्दै आएको छ । यस्ता खाद्यवस्तुको विक्रीवितरण गर्दा गुणस्तर चेक जाँच गरेर मात्र विक्री वितरण गर्दै आएको छ । अहिले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खाद्यमा गुणस्तर नभएको कमसलखालको विक्री गरेको भन्ने भ्रम फ्रिजाईने समुह व्यक्तिलाई यस्तो गलत प्रचार नगर्न र नगराउन सवैलाई कम्पनीका कार्यकारी निर्देशक मोहन प्रकाश चन्दले आग्रह गर्नुभएको छ । उहाँले खाद्य संस्था सदैव खाद्य गुणस्तरमा प्रतिवद्धत रहेको बताउनुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button