मुख्य समाचारसमाज

चाडपर्वका बेला काठमाण्डौको सुरक्षा बढाउन ३ हजार ३ सय ४३ प्रहरी परिचालन गरिने

असोज ५, काठमाण्डौ – चाडपर्वको समयमा काठमाण्डौको सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय ४३ प्रहरी परिचालन गरिने भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाण्डौले चाडपर्व सुरक्षा योजना–२०७९ जारी गर्दै सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय ४३ प्रहरी परिचालन गर्न लागेको जानकारी दिएको हो । जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले चाडपर्वमा हुनसक्ने आपराधिक क्रियाकलापलाई न्यूनीकरण गर्दै सुरक्षाको भरपर्दो वातावरण निर्माण गर्न चाडपर्व सुरक्षा योजना लागू गरिएको जानकारी दिनुभयो ।

अपराध बढी भएका ठाउँ र हुन सक्ने सम्भावित ठाउँलगायतमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयसँग समन्वय तथा सहकार्यमा सादा पोसाकमा प्रहरी परिचालन, सूचना सङ्कलन तथा प्रहरी परिचालन गरिने भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button