मुख्य समाचारराजनीति

निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित निर्वाचन क्षेत्रमा स्थापना गरिने

काठमाण्डौ – प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि निर्वाचन आयोगले जिल्ला सदरमुकाम र सम्बन्धित निर्वाचन क्षेत्रभित्रका पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।

एक मात्र प्रतिनिधिसभा सदस्य निर्वाचित हुने जिल्लाको सदरमुकाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । एक मात्र प्रतिनिधिसभा सदस्य निर्वाचित हुने ३५ वटा जिल्ला रहेका छन् ।

त्यस्तै दुई वा त्यो भन्दा धेरै प्रतिनिधिसभा सदस्य निर्वाचित हुने जिल्लामा जिल्ला सदरमुकाम र बाहिर पनि कार्यालय स्थापना हुनेछ । दुई जना प्रतिनिधिसभा सदस्य निर्वाचित हुने २१ जिल्ला, तीन जना प्रतिनिधिसभा सदस्य निर्वाचित हुने ७ वटा, चार जना निर्वाचित हुने ९ जिल्ला, पाँच जना निर्वाचित हुने तीन जिल्ला र ६ वा त्यो भन्दा माथि निर्वाचित हुने मोरङ र काठमाण्डौ गरी दुई जिल्ला रहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button