प्रदेश ६राजनीतिविचार / दृष्‍टिकोणविशेषसमाजसम्पादकीय

अवस्था बदल्न सहरले रोजेको गाउँले खोजेको एक योद्दा

 लेखक  गंगा रावत (सागर)

हेक्का राख्दै भुल्न नहुने, ७७ जिल्ला बध्य १ हो सुर्खेत । जम्मा ७६ मात्र सम्झने सुर्खेत भुल्ने गर्दै गर्दा यो प्रदेश राजधानी हो ,यहाँको जनसंख्या अरु जिल्ला भन्दा २ गुणा भन्दा पनि बढी छ भनी भुल्दै जाने खतरा जन्मनेछ । अन्तत संघीय राजधानी काठमाण्डौमा बन्न नसकेको वर्तमान हाम्रो पार्टी अवस्था कपी गरी सुर्खेतमा पेष्ट गरेर्झै यथास्थितिमै सुर्खेत रुमलिने खतरा बढ्दै जानेछ । हामी आधार क्षेत्र केन्द्रित बनिरहदा ठूलो जनसंख्याले भरिएका सहरी क्षेत्रहरु गुम्दै गएको यथार्थ हाम्रा माझ थुप्रै छन् । हिजो युद्दमा आवश्यक्ताले मागे अनुरुप गाउँ बस्यौ , जनता जगायौ र यो ब्यवस्था जन्मायौ । आज ती गाउँहरु हामी र हाम्रा योगदान र उपलब्धीहरु प्रती जानकार अनी सकारात्मक छन् ।


तर, राजसंस्थाको अन्त्य र ब्यवस्था परिवर्तन संगै हाम्रा पार्टी प्रशिक्षणहरु र अभियानहरु सहर केन्द्रित गर्न सकेनौ । हामीले हिजोका आधार क्षेत्रहरुको रक्षा गर्दै हाम्रा नेता र कार्यकर्ताहरुलाई सहर ओराल्नु पर्ने थियो तर बदलिएको परिवेश अनि वर्तमानले मागेको राजनीतिमा पनि गाउँ मात्रै केन्द्रित हु्दै समयले मागेको कोर्षमा हामी चुक्यौ ।
फलतः सहरमा जम्न नसकेका हामी माओवादी वर्तमानमा आधार क्षेत्र हेर्दै चित्त बुझाउदै बसिरहेछौ , कुहिराको काग झै सहरी मत परिणाम बढाउने आश वरपरै अल्झिरहेछौ । अतः हाम्रा गतिविधिहरु, हाम्रा चुनौती र सम्भावनाका खेतीहरु अब सहरमै रोप्नु पर्ने बेला भएको छ । अनि मात्र हामी हिडिरहेको संसदीय शासन व्यवस्थामा सहरी निर्वाचन जित्न सक्नेछौ । हाम्रो बहुमत सहितको जितले मात्र हाम्रो नीति र नेतृत्वमा समृद्धिको बाटो हुँदै समाजवाददको लक्ष्य चुम्न सफल हुनेछौ ।
हो यहि हो वर्तमानको यथार्थ र माग पनि तर मङ्सिर ४ नजिकिँदै गर्दा बाडिदै गरिएका हाम्रा सिटहरु अनि हामीले रोज्दै गरेका चुनावी क्षेत्रहरुले फेरि तिनै आधार क्षेत्र वरपर नै लगेर हामीलाइ कैद गरिदिने खतराहरु बाट सजक हुन जरुरी छ । यदि सुर्खेत जस्ता आधार क्षेत्र छेवैका सहरी प्रदेशहरुका राजधानीहरुका सबै सिट गठवन्धनका चहानामा र त्यागका बहानामा सुम्पदै जाने हो भने भविस्यमा सहरि जनतासंग को हाम्रो पार्टी सम्बन्ध पारपाचुके मै अन्ते हुन सक्छ ।


यी भविस्यका प्रतिफलहरु रोक्न सुर्खेतका प्रतिनिधि सभा निर्वाचन क्षेत्रहरु मध्य हामी निश्चित विजयी बन्ने आधार सहितको क्षेत्र २ कुनै पनि मुल्यमा लिनुपर्ने नै हुन्छ । यसो गरिएमा प्रदेश राजधानी र आधार क्षेत्रका हाम्रा पार्टी , जनता , नेता र कार्यकर्ता बिचका सम्बन्धहरु निरन्तर जोडिरहनेछन् फलतः घट्दो क्रमको हाम्रो सहरको पार्टी अवस्था मजबुत गर्दै लाने उदेश्यमा हामी सफल बन्ने छौ ।
हो यहि पार्टी उदेश्यका निम्ति चुनाव जित्ने निर्बिकल्प पात्र हुन् उनै २२ वर्षे स्कुले जिवनमा गिरफ्तार भइ २५ दिन हिरासतमा बिताए पछि अवैध हतियारको मुद्दामा १७ महिना जेल चलान हुदैगर्दा २०५८ माघ २ मध्य रात १स्२५ मा १० मिनेट खर्चि सुर्खेत जेलब्रेकको गौरवमय इतिहास रच्ने पार्टी सुर्खेत जिल्ला इन्चार्ज झकबहादुर मल्ल(सुदिप) । जो, सामाजिक न्यायसहितको समृद्ध सुर्खेत निर्माणको कार्यक्रम र संकल्प सहित जस्तोसुकै अफ्ठ्यारोमा पनि जोखिम मोल्दै समाजवाद निर्माणको साझा लक्ष्यमा अबिरल जुटिरहेछन् । सहिदहरुको वलिदान, वेपता योद्धा र अपांग योद्धाहरुको अपुरा सपनाका पुर्तिको मोर्चामा अविचलित लम्किरहेछन् । उनैलाई क्षेत्र २ प्रत्यक्ष तर्फमा गरिएको एकल सिफारिस प्रती आम सुर्खेति जनता हरुको समर्थन , सम्मान र गर्व छ ।

सुर्खेती सहरी मनोबिज्ञान बिच स्थानिय पार्टी निर्माणमा अबिचलित रातदिन खट्दै समृद्ध सुर्खेत निर्माणमा जुटिरहेका उनै एकमात्र अनिवार्य पात्रको पहिचान गर्न पार्टी नेतृत्व नचुकोस् । प्रतिगमन बिरोधि गठबन्धनको यो सामुहिक यात्रामा सम्मानजनक सहभागिता सहित सबैले जित्ने र जिताउने मर्मको सम्बोधन गर्नेगरी उनै निष्ठा , त्याग , समर्पण र युवा क्रान्तिकारी आन्दोलनका प्रेरणा जेलब्रेकका कमाण्डर लाई नै क्षेत्र २ बाट केन्द्रिय पार्टी र नेतृत्वले अघि बढाउँदै न्यायमा सुर्खेती जनताको समान हक स्थापित गरोस् ।
आउनुहोस् पार्टीलाई सबैको सझा अभिभावकको रूपमा उभ्याउने र समृद्ध सुर्खेत निर्माणको तपसिल प्राथमिकताहरु बोक्ने उनै नेता जिताउन आतुर सिङ्गो सुर्खेती जनताको महाअभियानमा सामुहिक हातेमालो गरौ ।

उहाँका पाँचवर्षे प्राथमिकताहरुः

१–हाम्रो निर्वाचन क्षेत्रमा केन्द्रीय कार्यालय रहेको मध्यपश्चिम विश्वविद्यालय र यसको क्षमता र गुणस्तर वृद्धि गर्दै संसारका उत्कृष्ट विश्वबिद्यालयको स्तरमा विकास गर्न कोसिस गर्ने । जसले गर्दा आफ्नै ठाउँमा बसेर संसारको उत्कृष्ट शिक्षा हासिल गर्न सकियोस् । साथै सरकारी र सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तरमा समेत विशेष योजनाका साथ लागिपर्ने ।
२– माथिल्लो कर्णाली, वेतान कर्णाली जस्ता ठूला जलविद्युत आयोजना सम्पन्न गर्नका लागि पहल गर्ने । सिमेन्ट उद्योग स्थापना र संचालनका लागि पहल गर्ने ।
३– बिरेन्द्रनगर लाई आधुनिक प्रादेशिक राजधानीको रुपमा विकास गर्न खानेपानी, ढल व्यवस्थापन, सहज विद्युत आपूर्ति, चक्रपथ निर्माण आदि कामलाई तिव्रता दिने । गुणस्तरीय स्वास्थ्य सेवा र जनशक्ति उत्पादनका लागि मेडिकल कलेजको स्थापना गर्न कोसिस गर्ने ।
४– मदन भण्डारी राजमार्गलाई तत्काल स्तरोन्नती गरी कालोपत्रे गर्ने काम सम्पन्न गर्न पहल गर्ने । साथै रत्न राजमार्गको स्तरउन्नती गरी चार लेनको सडक बनाउन पहल गर्ने ।
५– सिंचाईको व्यवस्था गरी कृषि क्षेत्रमा विकासको लागि पहल गर्ने ।
६– बुलबुले, काँक्रेविहार, गढी, बराहताल, जाजुरा दह, भेरी ¥याफ्टिङ आदि ठाउँको पर्यटन प्रवर्द्धनमा विशेष योगदान गर्ने ।
७– विकास निर्माणका सम्पूर्ण काममा संघ, प्रदेश र स्थानीय तहको समन्वय गर्न भूमिका निर्वाह गर्ने ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button