मुख्य समाचार

काठमाण्डौसहित देशभर झरी, केही ठाउँमा अति ठूलो वर्षाको सम्भावना

भदौ ३१, काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशभर झरी परेको छ । आज दिनभरजसो नै झरी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

आज धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुनेछ भने केही ठाउँमा अति ठूलो पानी पर्ने अनुमान गरिएको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना छ ।

भोलि पनि झरी पर्ने सम्भावना छ । गएराति पनि देशका धेरै ठाउँमा पानी परेको थियो भने गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको थियो । भोलि पनि पानी पर्ने भएकाले बाढी पहिरोको जोखिम बढेको भन्दै मौसमविद्ले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button