पत्रपत्रिकाबाटसमाज
चीनको अघोषित नाकाबन्दीले व्यवसायी मर्कामा
चिनियाँ नाकामा अड्किएका अर्बौंका सामान छुटाउन राज्यका तर्फबाट पहल नभएको भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले आपत्ति जनाएको छ ।
उद्योगी व्यवसायीहरूका समस्या समाधान गर्न चासो नदेखाएको भन्दै महासंघले शनिबार विज्ञप्ति जारी गर्दै सरकारको ध्यानाकर्षण गराएको हो नेपालीहरूको ठूलो चाड दसैं नजिएको तर दसैंमा बेच्नुपर्ने सामान नाकामै रोकिँदा अर्बौका सामान सडेर बिग्रने अवस्थामा पुगेको महासंघका अध्यक्ष कुमार कार्कीले बताएका छन् ।
उत्तरी नाकामा भइरहेको अघोषित नाकाबन्दीको प्रत्यक्ष मार भने व्यवसायीले भोग्नु परेको छ ।’ अध्यक्ष कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सयौं मालवाहक कन्टेनरहरू नाकामा थन्किएर बस्दा चाडपर्व केन्द्रिय अर्बौंका सामान सडिने, कुहिने र बिग्रने भई नोक्सान भएको छ भने बजारमा समानको हाहाकार देखिन्छ ।’