मुख्य समाचारराजनीति

सत्तारुढ दलहरुबीचको चुनावी भागबण्डा अझै मिलेन, सिट बाँडफाँटको अधुरो प्रतिवेदन बुझाउने तयारी

सत्तारुढ दलहरुको आगामी चुनावको भागबण्डा अझै मिल्न सकेको छैन । बुधबार कार्यदलले प्रतिवेदन बुझाउने भनिए पनि दलहरुको माग दाबी प्रतिनिधि सभाको सिट संख्या भन्दा धेरै माथि पुग्दा प्रतिवेदन तयार पार्न समस्या भएको बुझिएको छ ।

सत्ता घटकका पाँच दलको दाबी दुई सय सिट माथि रहेको बुझिएको छ । अहिलेसम्म कसले कति सिट पाउने भन्ने नै निर्क्यौल हुन नसकेको र क्षेत्रगत हिसाब हुनै बाँकी रहेको बताइएको छ । आज बिहीबार बिहान कार्यदलको बैठक पुनः बस्ने र शीर्ष नेतृत्वसँग संयुक्त छलफल गरेर भागबण्डा मिलाउने कोशिस हुने भएको छ । बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ ।

नेपाली कांग्रेस अहिलेसम्म एक सय सिटको अडानमा रहेको छ भने माओवादीले ६०, जसपाले ३०, नेकपा एकीकृत समाजवादीले ३० र जनमोर्चाले दुई सिटमा दाबी गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button