कक्षा १२ को नतिजा सार्वजनिक, यसरी थाहा पाउनुस् नतिजा
काशिराम जैसी, १७ भदौ काठमाण्डौं –राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्ड कार्यालय भक्तपुरमा बसेको वैठकले नतिजा सार्वजनिक गरेको हो । १२ को परीक्षा गत जेठ १५ देखि २५ गतेसम्म सञ्चालन भएको थियो ।
बोर्ड परीक्षामा मुलुकभरबाट ४ लाख १० हजार ५० विद्यार्थी सहभागी भएका थिए।
राष्ट्रिय परीक्षा बोर्डले नयाँ ग्रेडिङ पद्धतिअनुसार नतिजा प्रकाशन गरेको जनाएको छ । ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशित भएको परीक्षा प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अङ्क नल्याए ग्रेड सिटमा नन ग्रेडिङ उल्लेख हुने बोर्डका प्रमुख कृष्ण शर्माले रेडियो मिर्मिरेलाई जानकारी दिनुभयो ।
नतिजा बोर्डको आफ्नै वेबवाइट https://www.neb.gov.np/result मा गएर नतिजा हेर्न सकिने छ । त्यस्तै नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np/ मा गएर आफ्नो सिम्बल नम्बर र जन्ममिति राखेर नतिजा हेर्न सकिनेछ । त्यस्तै आईभीआर सिस्टम लेण्डलाइन र मोबाइलबाट १६०१ डायल गर्दै नतिजा हेर्न सकिने बोर्डले जनाएको छ । त्यस्तै १६०० मा एसएमएस गरेर पनि नतिजा हेर्न सकिनेछ ।