मुख्य समाचारविश्व

चीनमा कोरोना संक्रमण बढेपछि पुन लकडाउन

१७ भाद्र काठमाडौं -चीनको छङ्तु शहरमा कोरोना संक्रमण बढेपछि बिहिबार साँझदेखि फेरी लकडाउन गरिएको छ ।

त्यहाँको सरकारले अति आवश्यक काम नपरेसम्म सर्वसाधारणलाई घरबाहिर ननिस्कन समेत आग्रह गरेको हो । छङ्तुका हेल्थ कमिशन निर्देशन याङ चियोङले संक्रमण दर तीव्र रुपमा फैलिरहेको बताएका छन् ।

साथै जोखिम क्षेत्रहरु बढिरहेकाले खाना र सामान प्याकिङ गरे र खान लाने बाहेक अन्य गतिविधि बन्द गरिएको उहाँले जानकारी दिनुभयो । यो निर्णयबाट सोही शहरका २ करोड बढी मानिस घरबाहिर निस्कन नपाउने भएका छन् ।

छङ्तुमा बिहिबार १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कोभिड शून्य सहनशिलताको नीति लिएको चीन सरकारले सामूहिक परीक्षणलाई पुनः गति दिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button