खेलकुद

रियल मड्रिडलाई सुपर कप उपाधि

आफ्नो करियरको ३२४ औं गोल गर्दै करिम बेन्जेमाले युईएफए सुपर कपको उपाधी रियल मड्रिडलाई जिताएका छन्।

बुधबार राति भएको खेलमा फ्रान्कफुर्टलाई २र० ले पराजित गर्दै रियलले सुपर कप उपाधी जितेको हो। रियलको जितमा डेभिड अलाबा र बेन्जेमाले दुबै हाफमा एक एक गोल गरे । बेन्जेमाको उत्कृष्ट प्रदर्शनमा यस अघि रियलले ला लिगा र युईएफए च्याम्पियन्स लिगको उपाधी जितेको थियो।

बेन्जेमाले रियलका लागि ६१० खेलमा ३२४ गोल पुर्‍याएका छन्। उनी कृष्टियानो रोनाल्डो पछिका दोस्रो सर्वाधिक गोलकर्ता हुन्। ३४ वर्षीय बेन्जेमाले यस सिजन ४६ खेलमा ४४ गोल गरेका छन्।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button