प्रदेश १मुख्य समाचारसमाज

खोटाङमा भूकम्पबाट दुई विद्यालय भवन, एक प्रहरी चौकी र ४ सय ७५ घरमा क्षति

साउन १७, खोटाङ – खोटाङको साकेला गाउँपालिका–४ मात्तिमबिर्तालाई केन्द्रबिन्दु बनाएर आइतवार गएको भूकम्पले दुई विद्यालय भवन, एक प्रहरी चौकी र ४ सय ७५ घरमा क्षति पुगेको तथ्याङ्क सङ्कलन भएको छ । जिल्ला विपद् व्यवस्थापन कार्यालयका अनुसार एउटा घर पूर्णरूपमा भत्किएको छ भने अरु चर्किएका छन् ।

हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम चुमाखुका तेजबहादुर नेपालीको घर पूर्ण रूपमा भत्किएको हो । साउन १५ गते बिहान ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।

यो भूकम्पले केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरको थर्पुडाँडा माविको चारकोठे भवन, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा रहेको सुर्केडाँडा माविको चारकोठे भवन तथा केपिलासगढी गाउँपालिका–२ खार्ताम्छामा प्रहरी चौकी भवनमा क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

साकेला गाउँपालिकाका प्रमुख रविप्रकाश राईका अनुसार आजसम्मको विवरणमा साकेलामा ४ सय ६४ घरमा क्षति पुगेको छ । भूकम्पले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको विभिन्न वडामा ६ घर, हलेसी तुवाचुङ नगरपालिकाको महादेवस्थान र सल्लेमा एक–एक घर, खोटेहाङ गाउँपालिकामा दुई र रावाबेँसी गाउँपालिकामा एक घरमा क्षति भएको विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईँले जानकारी दिनुभयो ।

२०७२ साल वैशाख १२ गते गएको भूकम्पपछिको यो अर्को ठूलो भूकम्प हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button