प्रदेश १मुख्य समाचारसमाज

भूकम्पको केन्द्रबिन्दु खोटाङमा भौतिक संरचनामा क्षति, विवरण सङ्कलन हुँदैः भूकम्पपछि पटक–पटक परकम्प

साउन १५, काठमाण्डौ – ६ रेक्टर स्केलको भूकम्प गएको खोटाङमा पटक–पटक परकम्प गएको छ ।

बिहान ८ बजेर १३ मिनेट जाँदा साकेला गाउँपालिका वडा नम्बर ४ को मात्तिमबिर्ता केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।

भूकम्प गएलगत्तै पटक–पटक परकम्प गएको खोटाङको साकेला गाउँपालिकाका अध्यक्ष रविप्रकाश राईले जानकारी दिनुभयो । भूकम्पले भौतिक संरचनामा क्षति पुर्याएको छ । तर, यकिन विवरण आइनसकेको उहाँले बताउनुभयो । अहिले पालिकाका जनप्रतिनिधि, उद्धारकर्मी र सुरक्षाकर्मीको टोली भूकम्प प्रभावित क्षेत्रमा पुगेका छन् ।

उनीहरुले क्षतिको विवरण सङ्कलन गरिरहेका साकेला गाउँपालिकाका अध्यक्ष राईले बताउनुभयो । लगातार परकम्प गइरहेकाले जोखिम बढेको भन्दै उहाँले स्थानीय बासिन्दालाई सुरक्षित रहन पनि आग्रह गर्नु भएको छ । भूकम्प प्रभावित क्षेत्र दुर्गममा पर्छ ।

पानी पनि परिरहेकाले गाउँगाउँमा सम्पर्क गर्न कठिनाइ भएको छ । भूकम्पको केन्द्रबिन्दु मात्तिमबिर्तामा ढुङ्गा र माटोले बनेका दुईदेखि तीन तले कच्ची घरहरु रहेका त्यहाँका वडाअध्यक्ष अर्जुन कटवालले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button