प्रदेश ४मुख्य समाचारसमाज

पोखराको फिर्केखोला नजिकै सडक भासियो, एक घर जोखिममा,आउँदो ३ दिन कोशी, नारायणी, कमला, वाग्मती नदीमा पानीकोे सतह बढने

असार १२, काठमाण्डौ – पोखराको फिर्केखोला नजिकै सडक भासिएको छ । सडक भासिँदा एक घर जोखिममा परेको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ४ को बूढानीलकण्ठ किरियाकर्म अगाडिको सडक भासिएको हो ।

प्रहरीका अनुसार झन्डै १० मिटर सडक भासिएको छ । पोखरा महानगरपालिकाका उपमेयर मन्जुदेवी गुरुङसहितको टोलीले भासिएको सडकको स्थलगत निरीक्षण गरेको छ ।

यसैबीच, आउँदो ३ दिन कोशी, नारायणी, कमला, वाग्मती र यसका सहायक नदीमा पानीको सतह बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । नदीमा पानीको सतह बढ्ने भएकाले आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button