मुख्य समाचारसमाज

पहिरो हटाएपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालन

असार ४, चितवन – पहिरो खसेर बन्द भएको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । वर्षासँगै चितवनको इच्छाकामना गाउँपालिका–४ को घोप्टेभिर र ठाडेखोलामा गए राति ११ बजे पहिरो खस्दा राजमार्ग दुईतर्फी नै बन्द भएको थियो ।

पहिरो हटाएर आज शनिवार बिहान साढे २ बजेदेखि राजमार्ग दुईतर्फीरूपमा पुनः सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

सङ्घीय राजधानी काठमाण्डौ जोड्ने मुख्य राजमार्ग पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन र कुरिनटारको बीचमा पर्ने घोप्टेभिरमा वर्षासँगै पटक–पटक पहिरो खस्दा सडक बन्द हुँदै आएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button