प्रदेश ३मुख्य समाचारसमाज

नुवाकोटमा खोलाले बगाउँदा शिक्षिकाको मृत्यु

असार ३, नुवाकोट – नुवाकोटको दुप्चेश्वर गाउँपालिका ६ की राधिका आचार्यको आज शुक्रवार विद्यालयमा पढाउन जाँदै गर्दा भिरबाट खस्दा खोलाले बगाएर मृत्यु भएको छ ।

तादी गाउँपालिका ४ को सुन्दरा माध्यमिक विद्यालयमा पढाउन जाने क्रममा ३५ वर्षीया आचार्य चढ्नुभएको स्कुटर दुर्घटना भइ भिरबाट खस्दा तादी खोलाले बगाएर उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभएको छ ।

प्रहरी अनुसार तादी ४ पागेंपाखा भन्ने ठाउँमा पुग्दा आचार्य चढ्नुभएको बा ९७ प ६९२५ नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटना भइ भिरबाट खसेर तादी खोलामा पुगेर बगाउँदा शिक्षिका आचार्यको मृत्यु भएको हो । घटनास्थलभन्दा पाँच सय मिटर तलबाट उद्धार गरे पनि उहाँलाई बचाउन नसकिएको प्रहरीले जनाएको छ ।

उहाँ उक्त विद्यालयमा निमावि तहमा स्थायी शिक्षकका रूपमा कार्यरत हुनुहुन्थ्यो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button