प्रदेश ४मुख्य समाचारसमाज

वर्षाका कारण तनहुँको भानु नगरपालिका–२ र ५ जोड्ने पुलमा क्षति,यातायात अवरुद्ध

असार १, तनहुँ – गएराति परेको वर्षाका कारण चुँदीखोलामा बाढी आउँदा तनहुँको भानु नगरपालिका–२ र ५ जोड्ने बाङ्गेरहको पुलमा क्षति पुगेको छ । चुँदीखोलामा आएको बाढीले पुलको दुवैतर्फको भाग बगाएको हो ।

बाढीले पुलमा क्षति पुर्याएपछि चार पाङ्ग्रे गाडीको आवतजावत बन्द भएको स्थानीयवासी राजेश कार्कीले जानकारी दिनुभयो ।

बाढीबाट पुलमा क्षति पुगेपछि भानु नगरपालिका–५, ६, ७, १०, १२ र १३ का नागरिकलाई आवतजावतमा समस्या भएको छ । पुलको पर्खाल मर्मतका लागि नगरका मेयर आनन्दराज त्रिपाठीको ध्यानाकर्षण गराइएको छ ।

गएको जेठ २२ गते पनि बाढीले पुलको केही भागमा क्षति पुर्याएको थियो । नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा पुल मर्मत गरिएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button