प्रदेश ६मुख्य समाचार

जाजरकोटमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ७ जना घाइते

२७ जेष्ठ काठमाडौं – जाजरकोटको जुनीचाँदे गाउँपालिकामा जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा परी ७ जना घाइते भएका छन् । जस मध्ये ३ जनाको अवस्था भने गम्भीर भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक हिरा बहादुर पाण्डेले जानकारी दिनुभएको हो ।

जुनीचाँदे गाउँपालिका–५ बलेबलबाट लुहादह जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०३४१ नम्बरको बोलेरो जीप आज (शुक्रबार) बिहान साढे सात बजेतिर दुर्घटना भएको उहाँले बताउनुभएको छ । जिपमा चालक सहित जम्मा ११ जना सवार भएको पनि उहाँले बताउनुभएको हो ।

सोही घटनाको थप अनुसन्धान भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button