प्रदेश १मुख्य समाचारसमाज
सङ्खुवासभामा निर्माणाधीन सडकमा पहिरो जाँदा दुई मजदुरको ज्यान गयो
जेठ १८, काठमाण्डौ – सङ्खुवासभामा निर्माणाधीन सडकमा पहिरो खस्दा दुई मजदुरको ज्यान गएको छ ।
चैनपुर नगरपालिका–१ नुनढाकी सडक खण्ड निर्माणका क्रममा पहिरो खस्दा त्यहाँ काम गरिरहेका मजदुर धरानका ३५ वर्षका रामकुमार राई र उदयपुरका हेमबहादुर मगरको ज्यान गएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले जानकारी दिनुभयो।