मुख्य समाचारराजनीति

नेकपा (बहुमत) ले विशेष राष्ट्रिय भेलाका निर्णय सार्वजनिक गर्दै

नेकपा (बहुमत)ले सोमबार काठमाडौँको राष्ट्रिय नाचँघरमा विशेष राष्ट्रिय भेलाका निर्णय पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दैछ ।

चितवनमा यही वैशाख २१ गतेदेखि २३ गतेसम्म विशेष राष्ट्रिय भेला आयोजना गरी नेत्रविक्रम चन्दलाई महासचिवबाट हटाएर धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लाई संयोजक चयन गरेको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आज काठमाडौँ, राष्ट्रिय नाचघरमा बृहत् पत्रकार सम्मेलन गरी भेलाका निर्णयहरू सार्वजनिक गर्ने निर्णय गरेको हो ।

उक्त विशेष राष्ट्रिय भेलाले पार्टीको नवौँ महाधिवेशन गर्ने निर्णय गर्दै महाधिवेशन सफल पार्न धर्मेन्द्र बास्तोला ‘कञ्चन’ संयोजक रहेको ८१ सदस्यीय महाधिवेशन आयोजक समितिसमेत चयन गरेको छ । भेलामा देशका सम्पूर्ण जिल्ला, जवस, मोर्चा, सहिद परिवार, बेपत्ता योद्धा परिवार, घाइते योद्धा, जनसेवकसहित तीन सय पचासभन्दा बढी प्रतिनिधि सहभागी भएको जानकारी गराएको छ ।

नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिले दिएको जानकारीअनुसार २६ गते आज १० बजे जमलस्थित सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा आयोजना हुने पत्रकार सम्मेलनमा पार्टी संयोजक कञ्चन, नेता सुदर्शनलगायतले भेलाले गरेका निर्णयहरूका विषयमा सञ्चारमाध्यमलाई जानकारी दिनेछन् ।

करिब एक हजारजना सहभागीबीच आयोजना हुने उक्त पत्रकारसम्मेलनमा नेकपा (बहुमत) का नेताहरूले हाल विप्लवले नेतृत्व गरेको अल्पमत पक्ष, विशेषगरी नेत्रविक्रम चन्द र खड्गबहादुर विश्वकर्माले एकीकृत जनक्रान्तिका नाउँमा गरेका अराजनीतिक क्रियाकलाप र पार्टीलाई क्रान्तिबाट मोड्दै जुझारु संसद्वादमा पुर्याउन गरेका षड्यन्त्रहरूको पनि राजनीतिक भण्डाफोर गर्नेछन् ।

नेकपा (बहुमत) ले उक्त पत्रकार सम्मेलनमा सहभागी भइदिन सम्पूर्ण सञ्चारमाध्यमलाई आह्वान गरेको छ । त्यसैगरी नेकपा (बहुमत) ले पार्टीका निर्णय, पार्टीको कार्यदिशा, कार्यक्रम, योजनाका बारेमा जानकारी राख्न इच्छुक देशभक्त, क्रान्तिकारी जनसमुदायलाई पनि सहभागिताका लागि आह्वान गरेको छ

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button