मुख्य समाचारविश्व

फिलिपिन्समा आगलागी हुँदा ८ जनाको मृत्यु

१९ बैशाख काठमाडौ -फिलिपिन्सको एक बस्तीमा आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ ।

राजधानी मनिला नजिक रहेको क्युजोन क्षेत्रस्थित विश्वविद्यालय परिसरमा रहेको बस्तीमा आगलागी हुँदा ६ जना बालबालिका सहित ८ जनाको मृत्यु भएको हो । आगलागीका कारण सो बस्ती पूर्ण रुपमा ध्वस्त भएको छ । आगलागीमा परी केही घाइते भएका छन ।

बिहानको समयमा आगलागी हुँदा अधिकांश मानिस मस्त निद्रामा रहेकाले क्षति बढी भएको फिलिपिन्सका सञ्चार माध्यमले जनाएको छ । आगलागी नियन्त्रणका लागि सयौं अग्नी नियन्त्रकले २ घण्टा समय लागेको थियो ।

साथै घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button