प्रदेश १मुख्य समाचारसमाज
इटहरीमा बम विस्फोट हुदाँ तीन जना घाइते,,उपचार चल्दै
चैत १५, काठमाण्डौ – सुनसरीको इटहरीमा बम विस्फोट भएको छ ।गएराति इटहरी उपमहानगरपालिका–२ को नवजागृति टोलमा बम विस्फोट हुँदा तीन जना घाइते भएका प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार बम विस्फोटमा घाइते हुनेमा इटहरी उपमहानगर–२ नवजागृति टोलमा बस्ने ४० वर्षकी लक्ष्मी थापा, उहाँका छोरा १८ वर्षका रवीन थापा र लमजुङका २३ वर्षका शेरजङ्ग गुरुङ रहेका छन् ।
आमा छोराको विराटनगर र गुरुङको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।