प्रदेश १मुख्य समाचारसमाज
ताप्लेजुङको फुङलिङ बजारमा आगलागी : पाँचथरबाट दमकल मगाइयो

काठमाण्डौ – ताप्लेजुङको फुङलिङ बजारमा आगलागी भएको छ ।
फुङलिङ बजारमा भइरहेको आगलागीबाट अहिलेसम्म एउटा घर पूर्णरुपमा जलेको ताप्लेजुङका डीएसपी बालनरसिंह राणाले जानकारी दिए ।
अहिले सुरक्षाकर्मी, स्थानीय बासिन्दा र एउटा दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ । अर्को दमकल पाँचथरबाट पनि मगाइएको डीएसपी राणाले जानकारी दिए ।