मुख्य समाचारराजनीति

एमसीसीको जिम्मा रामशरण र गगनलाई

दिपक धमाला

फागुन ६, काठमाण्डौ – नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले अन्तर्राष्ट्रिय विश्वसनीयताका लागि एमसीसीलाई संसदमा टेबुल गर्नुपर्ने बताउनुभएको छ । विगत दश वर्षदेखि एमसीसीसँग धेरै राजनीतिक दल र नेतृत्व सामेल भएको भन्दै सबैले संसदमा यस विषयमा आ–आफ्नो मत राख्नुपर्ने उहाँले बताउनुभयो ।

यस्तै महामन्त्री थापाले सत्तारुढ राजनीतिक दलहरुका बीचमा कुराकानी नमिलेमा गठबन्धन नचल्ने पनि बताउनुभयो । कुराकानी पनि नमिल्ने र गठबन्धन पनि भइराख्ने कुरा नहुने उहाँले स्पष्ट पार्नुभयो । एमसिसिको विषयमा नेपाली कांग्रेसले महामन्त्री गगन थापा र रामशरण महतलाई राष्ट्रिया माहोल बनाउन जिम्मा दिएको स्रोतको दाबी छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button