कला साहित्यमुख्य समाचार

‘प्रेम हुन मनसँग मन मिल्नु जरुरी छ’

सरु श्रेष्ठ,

संसारभरि नै फेब्रुअरी १४ मा भ्यालन्टाइन्ज डे अर्थात् प्रणय दिवसका रूपमा मनाउने चलन छ। यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ । तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए । तर भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्म विरुद्ध भन्थे । उनको बुझाइ थियो( अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् ।

त्यसैले उनले राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे र निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई. पू. २७) को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो । विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ ।

नेपालमा पनि यो चलन युवा पुस्ता माझ लोकप्रिय हुँदै गएको प्रष्टै देखिन्छ। यस दिन मन परेको मान्छेलाई प्रेम प्रस्ताव राख्ने, प्रेममा रहेकाले एक९अर्कामा प्रेमभाव साटासाट गर्ने, विभिन्न उपहार दिई मनाउने चलन छ । तर प्रेम दिवसलाई पछिल्लो समय आधुनिक युवापुस्ताले आधुनिकताको नाममा अनेकौ विकृति फैलाएका छन् भन्दा फरक नपर्ला । युवायुवतीमा एक प्रकारको विकराल रुप देखा पर्न थालेको छ। देखावटीकै लागी जर्बजस्ती माया प्रेम गर्नेको होड चलेको छ।

साथी साथीबीच बदला, झगडा गर्ने, कुलतमा लाग्ने मंहगा विलासीका सामाग्रीहरु आदानप्रदान होटलहरु जाने विभिन्न अनैतिक क्रियाकलापमा संलग्न हुने, क्षणिक आनन्दमा मोज मोस्ती गर्नेजस्ता विकृतिहरु देखिन्छन्। यस्ता क्रियाकलापलाई आधुनिक प्रेमको उपनाम दिँदा फरक नपर्ला ।

आखिर माया गर्नेहरुका लागि सधै प्रेम दिवस नै हुन्छ तर पनि यो पश्चिमी संस्कृति संगै भित्रिएको यो दिवसले कैयौ युवापुस्ताको जीवनमा नकरात्मक असर पारेको छ ।

हरेक मानिसको मनमा उमेर अनुसार एक प्रकारको प्रेमभाव अङ्कुराएको हुन्छ । मनले मन पराएको मान्छेलाई प्रेम प्रस्ताव राख्नु, एकले अर्कोलाई प्रेम गर्नु नराम्रो कदापि होइन । प्रेम मनसँग जोडिएको, भावनासँग जोडिएको विषय हो । प्रेम हुन मनसँग मन मिल्नु जरुरी छ । पछिल्लो समय क्षणिक आकषर्ण परेर जीन्दगीका सपना बुन्नेहरुको कुनै कमी छैन । यस्ता गतिविधिले नै एउटा मायामा हुन पर्ने विस्वासमा फिकापन आएको सहजै आकलन गर्न सकिन्छ । तर माया अर्थात प्रेम यस्तो चीज हो जहाँ कसैलाई देखा जिन्दगीको गति र दिशा पत्ता लगाउन सक्ने शक्ति हुन्छ ।

विगतमा मन पराएको मान्छेलाई चिट्ठीपत्रमार्फत आफ्नो मनको कुरा लेखी पठाउने चलन थियो । तर पछिल्लो समय प्रविधिको विकाससँगै मन पराएको मान्छेलाई क्षणभरमै मनको कुरा सुनाउन, भन्न सकिने अवस्था रहेको छ ।

मानिसको मात्र नभएर पृथ्वीमा रहेका हरेक चेतनशील प्राणीमा एकअर्काबीच प्रेम हुनु जरुरी छ । प्रेमबिना संसार चल्दैन । सच्चाप्रेमीले सदैव भलो चाहन्छ । प्रेमले जीवन जिउन सजिलो बनाउँछ । तर त्यो प्रेम निश्वार्थ हुनुपर्छ । ताकी दुई मुटु एक धड्कनको महसुस होस् । सच्चा माया पाएको र गर्ने व्यक्ति जीवनमा कहिल्यै असफल भएको महसुस गर्ने क्षण आउदैन । मानिसको मन खुस हुनुनै सफल हुने लक्षण हो । जुन अभिभारा सच्चा प्रेमले मात्र निभाउन सक्दछ ।

विना प्रेम समाजमा देखाउनको लागी मात्र बनिएका सम्बन्धहरुले अरु प्रेमिल जोडि वा सम्वन्धहरुमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा असर पनि पार्न सक्छ । यस्तो वातावरणले केही अंकुराउन खोजेका प्रेमिल सम्वन्धमा सानो सानो कुरामा शंका र त्यही शंकाले मायाप्रति पछि वितृष्णा नआाउँला भन्न सकिन्न् ।

आँखाले देखेका र कानले सुनेका कुराले जिवनमा छिटो प्रभाव पार्छ । चाहे त्यो राम्रो होस् या नराम्रो । भनिन्छ नि, ‘फुलको आँखामा फुलै संसार’ । वास्तवमा भन्ने हो भने प्रेमलाई विभिन्न व्यक्तिहरुले विभिन्न परिभाषामा अर्थ लगाए पनि प्रेम यस्तो पवित्र चीज हो जसले जसलाई र जुन उमेरसँग पनि प्रेम गर्न सकिन्छ तर त्यसमा प्राप्ति भन्दा आत्मियता, हार्दिकता सम्झौता र निःस्वार्थ हुनुपर्दछ यही पनले मायालाई बचाइराखेको हुन्छ। अनि भविष्यमा सम्झनयोग्य बनाउँछ । तर बाहिर बाहिर प्रेम र भित्र भित्र प्रेमको नाममा जुन सम्वन्धमा स्वार्थपन लुकेको सर्त हुन्छ त्यो सम्वन्धमा पक्कै पनि दिलो चाँढो दरार आउँछ । यस्तै सम्बन्धहरुले समाजमा प्रेमको नाममा विकृति र अविस्वास फैलाएको छ ।

सच्चा प्रेम सुरुवातको लागी यो दिन राम्रो र त्यो दिन नराम्रो भन्ने कहिल्यै हुदैन र मनै देखी चाहेको प्रेम गर्नलाई कुनै दिन हेरिरहन आवस्य पर्दैन् । पे्रम गर्नेहरुका लागि हरेकदिन प्रेमिल बनेको हुन्छ । अनि आफर्नो प्रिय मान्छेको साथ नेै जीवनमा मुल्यवान उपहार बन्न पुग्छ ।

प्रेम गर्नकै लागी कुनै दिन कुरेर, कुनेै चिज दिएर या लिएर प्रेम गर्छु भनेर जनाउनु जरुरत पर्दैन् । जस्तो कि प्रेमको नाममा लोकप्रिय बनेको भ्यालेन्टाईनको जरुरत पर्दैन चोखो मायामा । पे्रम आफैमा एउटा बहुमुल्य उपहार हो भगवानको । सच्चा प्रेमको अगाडी दुनियाको हरेक चिज फिक्का हुन्छ । प्रेम अक्सीजन जतिकै हो, एउटा सरल र सहज जीवन जिउने साहरा हो प्रेम । अनि जस्को सुरुवातको लागि किन कुनै विषेश दिन नै कुर्नु पर्यो ? सच्चा प्रेम गर्नेहरुका लागी त हरेक दिन विषेश हुन्छ ।

एक हिसावले भन्ने हो भने प्रेम एकदमै अनियंत्रित पनि हुन्छ । कसैलाई यति र उति मात्र गर्छु भन्दा पनि त हुदैन् । प्रेम गर्नका लागि कुनै सीमितता छैन् । जीवनमा आफूलाई प्रेम गर्नेहरु र आफूले प्रेम गरिनेहरु भएन् भने जिउनुमा कुनै सार्थकता हुदैन । यो प्रकृतिले नै जीवन जिउनका लागी दिएको महसुश गर्नै नसकिने एउटा आधार हो ।

प्रेम दुई विपरित लिङ्घी बीचको मात्र होइन् वास्तवमा प्रेम त परिवारसंग हुन्छ, साथीहरुसंग हुन्छ, अनि आफना प्रियजनहरुसंग । तर त्यही प्रेम सम्बन्ध र गर्ने व्यक्तिहरुमा फरक पर्छ ।

जो जस्सँग भएपनि सफा दिलले गरिएको प्रेमले मानिसलाई एक किसिमको बाँच्ने उर्जा दिन्छ । प्रेम त्यस्तो बनोस भोलिका समयमा जीवनलाई फर्केर नियाल्दा पश्चाताप होइन। खुसी र संन्तुष्टि फिजाउन पाइयोस् जहाँ एक मनले अर्को मनको कदर गरेको होस। अनि विगतका दिन सम्झेर मन र व्यवहारमा चन्चल्ता छाओस् । जसरी नङ् र मासु मिलेको हुन्छ त्यसैगरी जविनमा प्रेमको मिश्रण गर्न आवस्यक छ ।

पछिल्लो समय भावनात्मक रूपमा भन्दा पनि विभिन्न श्वार्थ भावका साथ झूटो प्रेम ‘फेक लभ’ गर्नेहरूको कमी छैन । यसो हुनु राम्रो होइन । अतः फूल विभिन्न उपहार दिएर गाँसिएको प्रेमभन्दा चोखो मनले गाँसिएको प्रेम नै मिठो र दीगो हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button