मुख्य समाचारस्वास्थ्य

पछिल्लो २४ घण्टामा थप १ हजार ९५७ जनामा कोरोना संक्रमण पुष्टि ११को मृत्यु

काठमाडौँ — पछिल्लो २४ घण्टामा थप १ हजार ९५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १२ हजार ६९२ नमूनाको एन्टिजेन र पीसीआर विधिबाट परीक्षण गरिएको थियो ।

पीसीआर विधिबाट गरिएको ८ हजरा ५८७ परीक्षणमा १ हजार १८४ र ४ हजार १०५ एन्टिजेन विधिबाट भएको परीक्षणमा ७७३ जनामा संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा निको हुनेको संख्या भने ५ हजार १०३ रहेको छ । नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या ३६ हजार १८१ रहेको छ ।

२४ घण्टामा ११ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ८३८ पुगेको छ । २४ घण्टामा २ लाख ७३ हजार ३४९ जनाले खोप लगाएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button