खेलकुदमुख्य समाचार

१९ वर्ष मुनिको विश्वकप विजेता खेलाडीलाई जनही ४० लाख भारतीय रुपया दिने घोषणा

माघ २३, काठमाण्डौ – १९ वर्ष मुनिको विश्वकप विजेता टोलीका खेलाडीले जनही ४० लाख भारतीय रुपया पाउने भएका छन ।

भारतको बोर्ड अफ कन्ट्रोल फर क्रिकेट बीसीसीआईले विश्व कप जितेको भारतीय टिमका हरेक खेलाडीलाई जनही ४० लाख भारु प्रदान गरिने जनाएको छ । यस्तै टिमका पदाधिकारीहरुलाई जनही २५ लाख भारु प्रदान गरिने बताइएको छ ।

गएराति भएको फाइनलमा भारतले इंग्ल्यान्डलाई ४ विकेटले पराजित गर्दै विश्वकपको उपाधि जितेको थियो । इंग्ल्याण्डले दिएको १८९ रनको लक्ष्य भारतले १४ बल बाँकी छदै ४७ ओभर ४ बलमा ६ विकेट गुमाएर भेटाएको थियो । १९ वर्ष मुनिको विश्वकप क्रिकेटको उपाधि भारतले पाँचौ पटक जितेको हो । यस अघि सन २०००, २००८, २०१२ र २०१८ मा भारतले उपाधि जितेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button