मुख्य समाचारराजनीति

देउवाले आफुखुशी गर्न खोजे पार्टीले आगामी चुनावमा हार व्यहोर्ने पक्का: डा.शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सभापति शेरबहादुर देउवाले आफुखुशी गर्न खोजे पार्टीले आगामी चुनावमा हार व्यहोर्ने बताएका छन् ।सुनसरीको इनरुवामा शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता कोइरालाले सभापतिले पार्टीको विधानलाई आफुखुशी प्रयोग गरेर केन्द्रीय सदस्य मनोनित गरेको आरोप लगाए ।

‘जसरी उहाँले भन्नुभयो म सबैको सभापति हुँ । त्यो देखाउनुपर्‍यो, देखिने गरी हुनुपर्‍यो, न्यायसंगत हुनुपर्‍यो’ उनले भने, ‘उहाँले विधानलाई टेकेर हिँड्नुभएको छ तर जसरी नियुक्तिहरु गर्नुभएको छ, कार्यसमितिमा ल्याउनुभएको छ । त्यसको मापदण्ड के हो भन्ने कुरा चाहिँ हामीले जान्न जरुरी छ । न्यायसंगत हुनुपर्छ भन्ने हाम्रो चाहना हो । भएन भने अप्ठ्यारो त पर्छ नै ।’

सभापति देउवा आफुखुशी अघि बढे पार्टी दुर्घटनामा जाने भन्दै कोइरालाले भने, ‘दुर्घटना भनेको स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचन जित्न सकेन भने त्यसको दोष कसले लिने ?

कोइरालाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट ९एमसीसी० बारे फैलिएको भ्रम चिर्न संसदमा छलफल गर्नुपर्ने बताए । कोइरालाले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका अस्तव्यस्त रहेको भन्दै अवरुद्ध संसद सञ्चालन गर्न कांग्रेस र एमाले दुवै लाग्नुपर्ने पनि बताए । न्यायपालिकाको समस्या समाधानका लागि दबाव दिन जरुरी रहेको बताएका कोइरालाले प्रधानन्यायाधीशले स्वयं निकास दिनुपर्ने धारणा राखे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button