मुख्य समाचारराजनीति

एमालेको जिल्ला अधिवेशन ७७ मध्ये ६१ जिल्लामा भर्चुअल माध्यमबाट अध्यक्ष ओलीले उद्घाटन गर्ने

पौस २३ २०७८ काठमाडौं – नेकपा एमालेको जिल्ला अधिवेशन आज हुँदैछ । अध्यक्ष केपी शर्मा ओलीले आज ७७ मध्ये ६१ जिल्लाको अधिवेशन भने भर्चुअल माध्यमबाट उद्घाटन गर्ने हृ्नृ्भएको छ। पार्टीका प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार प्रदेश–२ का सात जिल्लामा आन्तरिक विवादका कारणले आज अधिवेशन नहुने भएको हो।

सप्तरी बाहेक सिराहा, धनुषा, सर्लाही, महोत्तरी, बारा, रौतहट र पर्साको जिल्ला अधिवेशन रोकिएको छ। त्यस्तै संखुवासभाको जिल्ला अधिवेशन भने २६ पुसमा हुने भएको छ। त्यहाँ अध्यक्ष ओली आफैं जाने तयारी भएकाले अधिवेशन रोकिएको छ।

रोल्पामा जिल्ला सचिवको निधन भएकाले अधिवेशन रोकिएको छ। बाँकी जिल्लाहरुमा भने चिसो र हिमपातका कारणले अधिवेशन नहुने भएको प्रचार विभागको भनाइ छ। रिजालका अनुसार मनाङ, मुस्ताङ, रुकुम पूर्व, हुम्ला, मुगु, कालिकोट र बझाङमा आज अधिवेशन हुने छैन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button