मुख्य समाचारराजनीति

मूल्यवृद्धिको विरोधमा खाली ग्यास बोकेर प्रर्दशन

काठमाडौँ — पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा सत्तारुढ दल सम्बद्ध विद्यार्थी संगठनहरूले प्रदर्शन गरेका छन् । काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस अगाडि उनीहरूले खाली ग्यासको सिलिन्डर टाउकोमा बोकेर प्रदर्शन गरेका थिए ।

माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी सम्बद्धसहित विभिन्न ६ विद्यार्थी संगठनका विद्यार्थी नेता तथा कार्यकर्ताहरूले प्रदर्शन गरेका हुन् । आयल निगमका कार्यकारी निर्देशकको बर्खास्ती, मूल्यवृद्धि फिर्ता लगायतका माग राख्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनको क्रममा उनीहरूले खाली ग्यासका सिलिन्डरमा ुबल्न देउ मलाईु, ुगरिब जनताको घरमा म कसरी बल्नेु जस्ता सांकेतिक नारा लेखेर सरकारको विरोध जनाएका थिए । साथै केही वद्यार्थी प्रदर्शनकारीले थाल ठटाउँदै नारावाजीसमेत गरेका थिए ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button