मुख्य समाचारविश्व
महाराष्ट्रमा प्रहरीसँगको भिडन्तमा २६ नक्सलवादीको मृत्यु

भारत – महाराष्ट्रको गढचिरौली जिल्लामा प्रहरी र नक्सलवादी विद्रोहीहरुबीच भएको भिडन्तमा २६ जना विद्रोहीको मृत्यु भएको छ ।
समाचार एजेन्सी एएनआईका अनुसार स्थानीय एसपी अंकित गोयलले मृतकहरुको संख्या पुष्टि गरेका हुन् ।
गोयलले ग्यारपट्टी जंगलमा भएको भिडन्तमा चार प्रहरी पनि घाइते भएका छन् ।
घाइते प्रहरीलाई एयरलिफ्ट गरेर नागपुरको ओरेन्ज सिटी अस्पताल लगिएको छ । उनीहरुको उपचार जारी रहेको बताइएको छ ।