छठपर्वको रौनक सुरु हुदै
मिथिलामा सूर्य उपासनाको पर्व छठ सुरु गरिँदै छ।
बर्तालुले कार्तिक शुक्ल त्रितीयाका दिन ‘अरबा(अरबाइन’ सिवधिसँगै छठ प्रारम्भ गर्दै आएका छन्। सामान्यतया कार्तिक शुक्ल चौथीका दिन ‘नहाय(खाय’ विधिबाट पर्व सुरु हुन्छ। बर्तालुले पर्व सुरु हुनु एक दिनपूर्व नै उसिनिएका धानको चामल, कोदो, माछा(मासु, मुसुरोसहितका धार्मिक अनुष्ठानका लागि अशुद्ध मानिएका खाद्यवस्तु खान छाड्छन्। यो विधिलाई ‘अरबा(अरबाइन’ भनिन्छ।
९कार्तिक शुक्ल त्रितीया०बाट ‘अरबा(अरबाइन’ गरेका बर्तालुले तिथिमा ‘नहाय(खाय’ ९पवित्र स्नान गरेर शुद्ध खानेकुरा खाइने०, पञ्चमी तिथिका दिन राति एक छाक मात्र अलिनो खानेकुरा खाएर ‘खरना’ विधि सम्पन्न गर्छन्। पर्वको मुख्य दिन षष्ठी तिथिमा निराहार व्रत बसेर साँझपख पवित्र जलाशय, नदी र खोलाको किनारमा गई अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ। यो अर्घ्यलाई मैथिल परम्पराको बोलीचालीमा ‘सझुका अरख’ र ‘सझिँया(घाट’ पनि भनिन्छ। सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि यो पर्व समापन गरिने परम्परा छ। बिहानको यो अर्घ्यलाई ‘भोरका अरख’ भनिन्छ।
सामान्यतया हिन्दू परम्परामा पाञ्चायन ९पञ्च देवता गणेश, विष्णु, शिव, सूर्य र कालि० पुज्दा उदाउँदा सूर्यको सम्झना गरेर उपासना गरिने परम्परा भए पनि छठमा भने अस्ताउँदो सूर्यलाई अग्र ९पहिलो० अघ्र्य दिइन्छ।
षष्ठी तिथिका दिन साँझ ‘सझुका अरख’ दिइएसँगै सप्तमीका दिन बिहान ‘भोरका अरख’ दिउञ्जेल बर्तालुले सूर्यको महत्ता र ‘छठी माई’को पुकारा गर्दै गीत गाएर यो पर्व मनाउने गरेका छन्। उपासकको इच्छित माग पूर्ति गर्ने भगवान् सूर्यको उपासनाले सन्तान सुख र रोगव्याधि नलाग्ने हिन्दू(मैथिल जनविश्वास छ। यस पर्वमा सूर्यसँगै माताका रूपमा आराधना गरिने षष्ठी तिथिको महत्ता गाइने हुनाले पर्वको नाम नै ‘छठ’ भनिएको विज्ञहरुको भनाई छ ।
‘छठ’ यसकारणले मनाउदै आएको विज्ञहरुको भनाई छ । दैत्यराज त्रिपुरासरले दुःख दिएर आहत भएका देवताले शिव(पार्वतीसँग उसलाई मार्न सक्ने छोरा दिन प्रार्थना गरेपछि भगवान् शिवको वीर्यपात भएको र सो वीर्य समुद्रमा परेर पानीमै विकास भएको शिशुलाई षष्ठी देवीले कार्तिक शुक्ल षष्ठी तिथिकै दिन स्याहारसम्भार गरेर शिव(पार्वतीलाई जिम्मा लगाएकी जनश्रुतिले सन्तानको कल्याण गर्ने देवीका रूपमा समेत यस पर्वमा छठी माईको महत्ता गाइने गरिएको छ।
पछि यिनै बालक स्वामी कार्तिकेयका नामले चिनिएका र उनैले त्रिपुरासुरको वध गरेका मार्कण्डेय पुराणमा उल्लेख रहेको मिथिला संस्कृति र परम्पराका ज्ञाताहरु बताउछन।