मुख्य समाचारराजनीति

विप्लव नेकपाको मागः पहिरोमा ज्यान गुमाएका परिवारलाई तत्काल राहत देउ

काठमाडौं भदौ १९, । पर्वतमा गएको पहिरोमा ज्यान गुमाएकाहरूको परिवारलाई आवश्यक राहतको यथाशीघ्र व्यवस्था गर्न नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेपाल सरकारसँग माग गरेको छ । पार्टी प्रवक्ता प्रकाण्डले विज्ञप्ति जारी गर्दै पहिरोबाट पीडितहरूको उद्धार, राहत र सुरक्षित पुनर्वासको व्यवस्थापनको कार्यमा लाग्न सम्बन्धित जिल्ला पार्टीलाई निर्देशन पनि दिएको छ ।

भाद्र १७ गते राती पहिरोका कारण पर्वत जिल्ला कुस्मा नगरपालिका वार्ड न ३ दुर्लङमा माधव शर्माको घर भत्किदा ७५ वर्षीय शिला पौडेल, ३५ वर्षीय भगवती पौडेल, ११ वर्षीय विनिता पौडेल र ९ वर्षीय विनोद पौडेलको निधन भएको छ । कुस्मा ११ चिम्लीमा मनीलाल पौडेलको घर भत्किँदा ३८ वर्षीय दुर्गा पौडेल र ६ वर्षीय गणेश पौडेलको मृत्यु भएको छ ।

कुस्मा ११ पकुवा चिम्लेमा पहिरोमा परि माया कुमारी पौडेल र उनका ३ वर्षीय छोरा प्रयास पौडेलको मृत्यु हुन पुग्यो । पहिरोमा बेपत्ता ७० वर्षीय डिल्लीपाध्य पौडेलेको पनि दुःखद मृत्यु हुन पुग्यो । पहिरोमा परि ज्यान गुमाउने सबै मृतकहरू प्रति पार्टीले श्रद्धाञ्जली अर्पण गरेको छ ।

यता, बाढी र पहिरोका कारण पूर्व पश्चिम राजमार्गको दाउन्ने र गैँडाकोटमा सडक अवरुद्ध भई यात्रुहरूले भोग्नुपरेको सास्ती प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएको छ । अवरुद्ध सडकलाई तदारुकताका साथ मर्मत र सञ्चालन गरी जनताको यात्रालाई सहज बनाउन पार्टीले नेपाल सरकारसँग माग गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button