प्रदेश ३मुख्य समाचार

काठमाडौं उपत्यकाको जारी निषेधाज्ञा अँझै लम्बिने

८ भदौ, काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञाको आदेशलाई थप्न मंगलबार प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । कोरोना भाइरसको संक्रमण दर केही घट्दै गए पनि जोखिम कम नभएको भन्दै थप एक साता निषेधाज्ञा थप्ने तयारी छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार निषेधाज्ञा थप्नुअघि कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठक बस्नेछ । बैठकको सिफारिसअनुसार निर्णय हुने उनले बताए ।

हाल प्रशासनले राति ८ बजेपछि सवारी साधन सञ्चालनमा रोक लगाएको छ । यो निर्णयले रातिको समयमा होटलहरुमा हुने भीडभाड कम भएको प्रशासनको निष्कर्ष छ । त्यसैले यो नियमलाई निरन्तरता दिने प्रशासनको तयारी छ । अन्य प्रावधानमा खासै फेरबदल नहुने स्रोतले बताए ।

हाल सार्वजनिक स्थानमा भीडभाड गर्न, सभा सम्मेलन र जुलुस गर्न रोक लगाइएको छ । प्रशासनले जात्रा, महोत्सवमा पनि निषेध गरेको छ, तर यो गतिविधि भने रोकिएको छैन । शैक्षिक संस्थामा भौतिक उपस्थितिमा पठन–पाठन निषेध छ । मनोरञ्जन र खेलकुदका क्षेत्रमा पनि निषेध छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button