मुख्य समाचार

सरकारले गर्याे खोप खरिदका लागी एडीबीबीच १९ अर्ब बढी ऋण सम्झौता

२७ साउन, काठमाडौं । नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी) बीच १९ अर्ब ५८ करोड रुपैयाँ बराबरको ऋण सम्झौता भएको छ । कोरोना विरुद्धको खोप खरिदका लागि सरकार र एडीबीबीच सहुलियतपूर्ण ऋण सम्झौता भएको हो । बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल सरकारको तर्फबाट अर्थसचिव मधुकुमार मरासिनी र एडीबीका तर्फबाट कन्ट्री डाइरेक्टर आनो कुस्वाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

उक्त ऋण सहायताले १ करोड ५९ लाख डोज कोरोना विरुद्धको खोप खरिद गरी सरकारको राष्ट्रिय खोप योजनालाई सहयोग पुग्ने र यसबाट ६८ लाख नागरिक लाभान्वित हुने जनाइएको छ । कार्यक्रममा अर्थसचिव मरासिनीले नेपाललाई सुरक्षित र प्रभावकारी खोपको उपलब्धताको सुनिश्चितताको लागि एसियाली विकास बैंकको यो सहायता महत्वपूर्ण हुने बताए । खोप अभियानले नागरिक जीवनको सुरक्षा गरी अर्थतन्त्रको पुनरुत्थानमा मद्दत पु¥याउने विश्वास पनि उनले व्यक्त गरे ।

एडीबीका कन्ट्री डाइरेक्टर कुस्वाले यो सम्झौता कोभिड–१९ को चक्र तोडेर नागरिक जीवनको रक्षा गरी आर्थिक एवं सामाजिक पुनरुत्थानतर्फ अघि बढ्न सहयोगीसिद्ध हुने विश्वास व्यक्त गरे । कोरोना भाइरस संक्रमणबाट सार्वजनिक स्वास्थ्य र राष्ट्रिय अर्थतन्त्रमा परेको असर व्यवस्थापन गर्न नेपाल सरकारलाई बैंकले पु¥याइरहेको सहयोगलाई आगामी दिनमा समेत निरन्तरता दिने उनले आश्वासन दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button