मुख्य समाचारराजनीति

कांग्रेस नेता पौडेलद्वारा आफूनिकट केन्द्रीय सदस्यहरूको बैठक आह्वान

२५ साउन, काठमाडौं । पार्टीको महाधिवेशन नुहने परिस्थिति बनेपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन् । आज अपरान्ह महामन्त्री शशांक कोइरालाको निवासमा पौडेलले आफूनिकट नेताहरूको भेला बोलाएका हुन् ।

क्रियाशील सदस्यता र महाधिवेशनकै प्रसंगमा कुराकानी गर्न बोलाइएको पौडलनिकट एक नेताले जानकारी दिए । महाधिवेशन गर्न नसक्ने भएपछि संस्थापन पक्षका नेताहरू निर्वाचन आयोगसमक्ष पुगेर पार्टीको वैधानिकता बचाउने उपायको खोजी गरिरहेका छन् ।

संस्थापन पक्षको यो खालको कदमलाई पौडेल पक्षले रुचाएको छैन । नेता पौडेलले सोमबार बिहानै ट्विट गरेर कांग्रेस वरिष्ठ नेता रामन्द्र पौडेलले निर्धारित समयमा महाधिवेशन नगर्न नसक्ने परिस्थिति सिर्जना गरेर पार्टीलाई भिख माग्ने अवस्थामा पु¥याएको भन्दै आपत्ति जनाएका थिए ।

महाधिवेशनको गर्न नसक्ने गरी मिति घर्किन लागेपछि सभापति शेरबहादुर देउवासँग पौडेल आक्रोशित छन् । पौडेलले सोमबार ट्विट गर्दै महाधिवेशन हुन नसक्ने स्थिति सिर्जना गर्नुलाई नेतृत्वको चरम सफलता र लापर्बाही भनेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button