प्रदेश ७राजनीति

स्वास्थ्य सम्बन्धी मुद्दामा कञ्चनपुरमा विरोध प्रदर्शन

गणेश एसके कञ्चनपुर । स्वास्थ्य क्षेत्र र प्राविधिक तथा चिकित्सा शिक्षा क्षेत्रमा भई रहेको विकृतिको विरुद्धमा विप्लव नेतृत्व निकट अखिल क्रान्तिकारी ले कञ्चनपुरको जिल्ला प्रशासन कार्यालय अगाडि शुक्रबार विरोध प्रदर्शन गरेको छ ।

‌अखिल क्रान्तिकारी केन्द्रिय समिति को नीति अनुसार वर्तमान राजनीतिक परिस्थितिमा बढ्दो विदेशी समाराज्यबाद,बदलिँदो राजनीतिक संकट,शैक्षिक विकृति लगायत विविध विकृति विसंगति विरुद्ध प्रदर्शन गरिसकेको र यसैको निरन्तरताको क्रममा अखिल क्रान्तिकारी जिल्ला समितिहरूले पनि शुक्रबार सम्पूर्ण नागरिक लाई निःशुल्क खोपको व्यवस्था गर्न, मनोमानी रुपमा निजी मेडिकल कलेज लाई दिएको सम्बन्धन खारेजीको माग र आम स्वास्थ्य सम्बन्धी गरिएका दलालिकरण सम्बन्धीत विषयको विरुद्धमा प्रदर्शन गरेको छ ।

उक्त कार्यक्रममा अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष ललित एसके ले कार्यक्रम सञ्चालन गरेका थिए भने अखिल ९क्रान्तिकारी ० का सेती महाकाली ब्यरो संयोजक तथा कार्यक्रममा प्रमुख अतिथि विरेन्द्र शाहले मन्तब्य सहितको कार्यक्रम समापन गरेका थिए । साथै सो अखिल क्रान्तिकारी का केन्द्रिय सदस्य प्रकाश जप्रेल, पूर्व विद्यार्थी नेता वीरेन्द्र विक लगायत अन्य नेता कार्यकर्ता सहभागी भएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button