मुख्य समाचारराजनीति

देउवा र प्रचण्डबीच भेटवार्ताः यस्तो विषयमा भयो छलफल

काठमाडौं १४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड बालुवाटार पुगेका थिए ।

बालुवाटार स्रोतका अनुसार देउवा र प्रचण्डबीच मन्त्रिपरिषद् विस्तार र मन्त्रालय बाँडफाडका विषयमा छलफल भएको छ । बुधबारको सत्ता गठबन्धनको बैठकले मन्त्रालय बाँडफाड गरी शीर्ष नेताहरूले मन्त्रीको नाम दिएपछि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको थियो ।

सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा र नेकपा एमालेका माधवकुमार नेपाल पक्ष सहभागी छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफूसहित ६ सदस्यीय मन्त्रिपरिषद् बनाएका छन् । देउवाले विश्वासको मत पाएपनि गठबन्धन भित्रका दल आन्तरिक समस्यामा फसेपछि प्रधानमन्त्री नियुक्त भएको दुई साता बितिसक्दापनि उनले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।

अहिले गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ रहेका छन् । बाँकी मन्त्रालयहरू प्रधानमन्त्री मातहत नै छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button