अर्थ बजार

सेयर बजार परिसूचक नेप्से हालसम्मकै उच्च बिन्दूमा

१० साउन, काठमाडौं । सेयर बजार परिसूचक नेप्से हालसम्मकै उच्च बिन्दूमा पुगेको छ । साताको पहिलो कारोबार दिन ५४.३१ अंकले बढेको बजारमा परिसूचक ३ हजार ५८.६३ अंकमा पुगेको हो । यस अघि नेप्से परिसूचक ३ हजार ३२ अंकसम्म पुगेको थियो । नेप्से परिसूचकमा नयाँ रेकर्ड कायम भएको नेपाल इन्भेस्टर फोरमका अध्यक्ष छोटेललाल रौनियारले बताए ।

दोहोरो अंकले बढेको बजारमा कारोबार रकममा पनि निकै उत्साह देखिएको उनले बताए । आज कारोबारमा आएका १३ उपसमूहमध्ये ११ वटा समूहको सेयर मूल्य बढेको थियो । यस्तै १४ कम्पनीको सेयर मूल्य पाँच प्रतिशतले बढेको थियो । आज नेपाल बैंकको सबैभन्दा धेरै ४९ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो । ग्लोबल आइएमई बैंकको ४९ करोड ९४ लाख, एनसीसी बैंक ३४ करोड ७८ लाख, अरुण काबेली पावरको ३४ करोड दुई लाख र एनआइसी एसिया बैंकको ३३ करोड ८० लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो ।

आज विशाल बजार कम्पनी, ङादी ग्रप पावर, सपोर्ट माइक्रोफाइनान्स, राधि विद्युत, पञ्चकन्या माइ हाइड्रो, जोशी हाइड्रो, युनिभर्सल पावर, कालिका पावर र हिमालयन ऊर्जा विकास कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो । आज बैंकिङ उपसमूह सबैभन्दा धेरै ३.४३ प्रतिशतले बढ्यो । कुल २२३ कम्पनीको चार करोड ४१ लाख कित्ता सेयर १४ हजार ६७० कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा कारोबार रकम १४ अर्ब ३० करोड २३ लाख भन्दा धेरै रहृयो । आइतबार १३६ कम्पनीको सेयर मूल्य बढेको बढ्दा ७ कम्पनीको सेयर मूल्य स्थिर रह्यो भने ४० कम्पनीको सेयर घटेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button