मुख्य समाचारराजनीति

सर्बाेच्चको फैसलाले न्यायालय स्वतन्त्र छ भन्ने पुष्टि भयोः देउवा

२८ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले लोकतन्त्रलाई जोगाएको बताएका छन् । आज सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै मंगलबार साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न परमादेश जारी गरेको छ ।

सर्वोच्चको फैसलापछि छोटो प्रतिक्रिया दिँदै सभापति देउवाले अदालतले लोकतन्त्र जोगाएको भन्दै न्यायालय स्वतन्त्र छ भन्ने पुष्टि भएको बताएका छन् । अब पाँच दल मिलेर सरकार बनाउँछौं उनले भने । सर्वोच्चको फैसलापछि सोमबार अपरान्ह विपक्षी गठबन्धनको बैठक बस्दैछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button