आकृति भित्र को चरीत्र
जिन्दगी को उत्तार्धमा पुगेर एक पटक पछाडि नियाल्दा देखिने दृश्य हरुलाइ आँखा अगाडि मन्चन गरेर हेर्दा आत्मसन्तुष्टि पाउन सकिँदैन भने ब्यर्थ छ जिबन ।
मानसपटलमा ताजा रहेका जिबन्त तस्वीर हरुलाइ फिल्म मा झै घुमाएर घुमाइ सामुन्ने ल्याउने कोशिस के गर्दै थे प्रश्न हरुलो लर्को ले उत्तर लाई पारी उत्तरपट्टी नै पुर्याइदियो । अनि बल्ल आभाष भयो कि म प्रश्न हेर्न लायकै छैन । जस्तो कि कहिलै बिध्यालय नजाने विद्यार्थी का अगाडि परिक्षा पुस्तिका पुग्दा प्रश्नपत्र लाई पनि लाज लाग्दो हो ।
सोच्दो हो त्यो पुस्तिका म भित्र समेटिएको म लाई यस्ले एना मा पनि हेरेको छैन कसरी चरीत्र देखाउला , फेरि सम्झियो जस्ले नेपाल लाई नेपाल नदेखेर सिङ्गापुर सम्झेका छ्न उनिहरु जस्तै नत नेपाल नेपाल भयो नत कोरियो नयाँ नस्का जहाँ नेपाल सिङ्गापुर देखियोस ।
फगत अर्थहीन कुरामा अनर्थ गफ गरेर बस्नु सिबाय अरु केही परिवर्तन नभएको झै अब अब परिबर्तन जिबनको अन्तिममा कसरी हुन्छ । समय छैन ,छ त केवल लाचारी पस्चाताप र मैले किन यो गरिन ।
रुखको टुप्पोमा पुगि ओर्लने बाटो नभए पछि खस्नु त स्वाभाविकै छ हो हामी हरदिन खसिरहेका छौ आफ्नै नजर बाट तर जिबनको अन्तलाइ नहेरेको मात्र हो । जस्तो कि रुखको टुप्पोमा पुगि जमिन नहेरेझै , जब जमिन देखिन्छ तब बास्तबिकता पनि देखिन्छ हामी कहाँ छौ ।
यो जिबन किन र केका लागि रु अनि यो जन्म को औचित्य के । भगवान प्रती को आस्था या अरु केही पनि छन गर्नु पर्ने फगत अर्थहिन भयर कसरी जिबन को ढोका खुल्ला र हामी यो शरीर छोडी परमात्मा को साक्षात गरौंला । सानो सानो कुरामा हाम्रो चित्त दुख्छ , कसैले यक शब्द नराम्रो भनेपछी हामी निराश हुन्छौं हैनर ।
धन पैसा सान्सारिक बस्तु प्रती को मोह ले म को हु भन्ने कुरा सबैले बिर्सिसकेका छ्न । यो जिबन भन्दा पछाडी पनि अर्को जिबन छ जहाँ सत्कर्म को हिसाब किताब हुन्छ तिमी के बुझाउला के गरेउ तिमिले यो जन्म मा रुजो तिम्रो लागि सान्सारिक भूगोल देखी टाढा राखी तिमिलाइ पुनःर जन्म को परिधी बाट टाढा राखोस । तेसैत उदाङ्गो परिपाटी समाज भित्र को म कसरी पो परिबर्तन गर्न सकुला। सबैलाइ सुख चाहियको छ राम्रो काम राम्रो तलब के के । तर जिन्दगी को स्वासत सत्य भनेकै मिर्त्यु हो जो हरदिन हामी आफै सङ बोकेर हिडि रहेका छौ । समय ले हामिलाइ हरपल ऐना देखाएको छ तर हामी आफ्नै अनुहार लाई चिन्न सकिरहेका छैनौं । कसैले चिनाउदैछ म को हो तर चिन्ने त परै जावस हामी इन्कार गरिरहेका छौ ।
यकपटक थोरै समय निकालेर सोच्यो भने नि जिबन को बास्तबिकता देखिन्छ तर हामी यौटा भ्यागुतो भयका छौ १ जस्लाइ संसार घुमायर ल्यायो अनि यौटा कुवामा राखिदियो उस्लाइ थाहा छ बाहिर को सन्सार तर उ सन्सार यत्ति हो भनेर कुवा लाई नै आफ्नो सबथोक ठानिरहेछ हामी पनि यो सान्सारिक मोह लाई सबथोक ठानि रहेका छौ। बास्तबिकता बाट लुक्दैछौ ,तर सत्य जति लुकाए पनि छुपाय पनि यकदिन त पक्कै देखिन्छ १ कहाँ हातले छेकेर सुर्य छेकिन्छ र । तर हामी यौटा भर्म मा छौं कि हामिले हत्केलाले सुर्य छेक्यौ भनेर । हैनत । हामी मन्दिर चर्च गुम्बा जाछौ निराकार स्वरुप भगवान अल्लाह येसु संग पुजा नमाज प्राथना गर्छौ कि जीवन सरल र सहज होस् ।।
के भौतिक सुबिधामा जीवन ब्यतित गरेरसरल सहज र राम्रो जिन्दगी पाउन सकिन्छ त । सन्तोष नै सुख,हो भन्नेकुरा भनाइमा मात्र सिमित राखेर हामी हिडिरहेका छौ १ साच्चिकै सन्तोष लाई सुख मान्दा जीवन कस्तो होला । हाम्रो कल्पना भन्दा पनि पर को जीवन पाउछौ हामिले १ हाम्रो परिस्थिति जे जस्तो भयपनी सोर्गिय आनन्द त्यतिबेला हुन्छ जुनबेला तपाइँ यौटा मज्जाको निद निदाउन सक्नुहुन्छ १ नत त्यहाँ भौतिक बस्तुको आसक्ति हुन्छ नत सान्सारिक सुख को लालच । कल्पना गरौ त त्यो जिन्दगी राम्रो या यो । कुनै कुरा को दुख ले जब छुदैन कुनै कुरा को सुख ले हामी आफैलाइ बिर्सिदैनौ , आकृति अगाडि उभिदा हामी तब पो चिन्ने कोशिस गर्ने छौ , हैन र ।
यहाँ कति आय कति गय आउनु जानू नै जिबन रहेछ भने के पो रहेछ त हाम्रो । अनि आयका हरु फर्किए अह फर्कियनन १ कहाँ गय त के जीवन को अन्त्य यत्ती हो तर पनि आत्मा मर्दैन भन्ने बिज्ञान र धार्मिक कुरा लाई कसरी नकार्ने हामिले । स्वुइकारेर किन हामी बिर्सिदैछौ कि हामी पनि हरदिन मिर्त्यु बोकेर हिडिरहेका छौ . जीवन को घडी कतिबेला ट्वाक रोकिन्छ नत बिज्ञान नत भगवान कस्ले भन्ने हामिलाइ ।
तर यो पनि हैन कि सत्य लाई अङ्गालेर हामी आफ्नो कर्म छोडिदिउ । कसरी सार्थक जिबन जिउने त । धेरै कुरा त भयो तर यसको बिकल्प के भन्ने पनि तपाईंको मनमा आयो होला । जस्तो हरपल मेरो मनमा आउँछ र म यो सोच्न बाध्य हुन्छु कि म किन भौतिक कुरा लाई आफ्नो ठानेर तेसैको जोर जाममा पूरा जिन्दगी बिताउदै छु । के ती बस्तु हरुको परपुर्ती गर्नु नै जीवन होत । मलाई लाग्छ जिबन को अन्त्य मा गयर पछुताउनु सिबाय यो आसक्ति ले मलाई आफैसङ अनभिज्ञ बनाइ रहेको छ ।
मैले यो गर्नु पर्छ भन्दापनी यकपटक आफ्नो मनलाइ सोधी हेर्नू उत्तर सजिलै पाउनुहुनेछ किनकि , आखाले देखेका बस्तुहरुलाइ चेतन मनले यो नै सबथोक यहि सहि भनी झुक्याउला , देखेका कुरा हरु मात्रै हाम्रो चेतन मनले प्राप्त गर्छ तर अबचेतन मन जहाँ सत्य पर्खिरहेको छ कतिबेला यो ढोकाबाट म यौटा वास्तविक सन्सार देखाउला र यो आत्मा त्यहाँ हिड्न सिकोस ।
यो सुर्य यो चन्द्रमा किमार्थ बदलिने छैन उ आफ्नो नियम भन्दा बाहिर पनि जादैन तर हामी रु यकपटक सोच्नुहोस त सुर्य यकदिन पृथ्वीमा नउदाय के होला हामी जिवित रहन सक्छौ त अह सक्दैनौ यो बिज्ञान ले पुष्टि गरेको छ , तर हामी आफ्नो कर्तव्य बाट किन भाग्दैछौ रु जनावर भन्दा नि तल तल किन गै रहेका छौ प्रतेक दिन जनावर पनि निश्चित समय मा भोग गर्छ समागम मा , यकपटक खाना खाय निश्चित समय सम्म खाना खादैन तर हामी बलात्कार सम्म पछि पर्दैनौ रु बिहान देखि साझ सम्म के हो के हो खाइरहेका छौ । अब तुलना गरौं त ।
हामिलाइ यो घर हो भनेर कस्ले सिकायो के धार्मिक ग्रन्थ मा लेखेको छ हामिलाइ यो आकाश भनेर कस्ले चिनायो हामिलाइ हाम्रो यो कोठा यो चुकुल यो भान्सा यी सब हामी आफैले बनायर आफै नाम दि रहेका छौ र यसैलाइ सत्य ठानिरहेका छौं । किन यसरी हामी भौतिक बस्तु प्रति आसक्त भयर यसैकोलागी लागिपरेका छौ ।
र यसको अन्त्य भित्र हामी आफैले आफैले चिन्न किन सकिरहेका छैनौ ।यति सानो कुरा मा हामी अल्झी रहेका छौ कि त्यही कुराहरुले हामिलाइ सोच्न दियको छैन हामी तेरो मेरो उस्ले पैसा खाइदियो भाइलाइ जग्गा धेरै पर्यो बाउ उ सङ बस्यो अफिस मा कामको मुल्यांकन भयर या पद बढुवा भयन पैसा ले पुगेन के के किन्नु पर्ने जब जिबनमा यी कुरा बदलिने छैनन हामि यसैमा अल्झी रहने छौँ ।
मैले भन्दै आइरहेको छु भौतिक बस्तु को आसक्ति जबसम्म हामिले नकार्न सक्दैनौ तबसम्म जीवन त्यसैमा घुमिरहनेछ र हामी त्यसैमा घुमिरहनेछौ अनि आकृति भित्र को चरीत्र कसरि हाम्रो चेतन मनले ले ला र हामि सत्य लाई अङ्गालौला ।।