मुख्य समाचारराजनीतिविचार / दृष्‍टिकोणविशेष

ओलीले बाँडे चिठ्ठाः एक मन्त्रीलाई चारदेखी पाँच मन्त्रालय

निर्दाेष नेपाल,

प्रधानमन्त्री केपी शर्मा ओलीले बाँकी मन्त्रीहरुलाई के खोज्छस कानो आँखो भने झँै एक मन्त्रीको भागमा चार मन्त्रालय सुम्पिनु भएको छ । देश नै कोरोनाले अस्त व्यस्तै भैरहेका बेला एउटै मन्त्रालयबाट हुने काम नभईरहेको अवस्थामा एक मन्त्रिलाई चार देखी पाँच मन्त्रालयसम्म दिनु हाँस्यास्पद हो या लजास्पद या सर्बाेच्चको बिघटनको फैसलाका लागी गतिलो जवाफ ।

प्रधानमन्त्री ओलीले मन्त्रालयको जिम्मेवारीको नाममात्रै दिएका हुन या काम पनि त्यो भने समयले बताउने छ । आज प्रधानमन्त्री ओलीले रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राख्दै मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्नुभएको हो । त्यस्तै उपप्रधानमन्त्री विष्णु पौडेललाई अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ र गृह मन्त्रालयको जिम्मेवारी दिएका प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ । त्यस्तै मन्त्री कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, श्रम रोजगार र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिनुभएको छ ।

मन्त्री बसन्तकुमार नेम्वाङलाई कृषि तथा पशुपन्छी विकास, खानेपानी, भौतिक पूर्वाधार, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । मन्त्री लीलानाथ श्रेष्ठलाई कानुन, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । एउटै जिम्मेवारी एक व्यक्तिले सम्हाल्न नसकिरहेको अवस्थामा ओलीले भने एकै मन्त्रीलाई चारदेखी ५ मन्त्रालयको चिठ्ठा बाँडे जसरी बाँडेको देखिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button