निफर मन
काठमाडौं ३० जेठ । कविता
बिधि पागल अनि सत्य पागल भएको पागल दुनियामा
सदाचारको पातलो घुम्टो
अनि सत्यको सप्को हाल्न खोज्दा
मौका छोपि पखाल्दै गर्दा
प्रत्यक पाईलामा भुकम्प पाए
प्रत्यक बिचारमा आलोचना खेपे
हत्या अपहरण अनि बलात्कारका घटनाहरु
निेमेशमा विस्फोट बनेर
निद घोप्टिएका आँखाहरुमा
अबिरल बहेका अभावहरुमा
शरिर उभ्याउने पाईतलाहरुमा
मध्यरातमा आधि झ्याल ढक्ढकाएर
अभावको त्यो कालो प्रकाशमा
आश्रय माग्दछन मसंग
बस के दिन सक्छु म
आफैमा आधारबिहिन छु
आफैमा बिचार बिहिन छु
अचेलत म सत्ता पक्ष प्रतिपक्षको भर्याङमा चढ्दै ओलदैं गरिरहेको छु
क्षितिजको गर्भबाट जन्मेका बिचारहरु खोज्दै
शान्तिसंग बुद्ध खोज्दै
आकाशसंग क्षितिज खोज्दै
नयाँ नेपालको शिविरमा उक्लिरहेका सयौं जिवनहरु खोज्दै
आँखाले भ्याउन्जेलसम्म
दृष्टिले ठम्याउन्जेल सम्म
स्बन्धनले सुंघन्जेलसम्म
मेरो यात्रा अनन्त रहने छ घुम्दै छु धेरै ठाउँ घुमे तर यात्राको फलै लागेन
टुक्रिन लागेको जिवनको अगाडी
खारा, जाजरकोट, मुगुमा ओत लागेर हेरे
हस्पिटलसंगै सैया खोजे
बिरामिसंगै अक्सिजन खोजे
डाक्टरसंगै उपचार खोजे
तर मैले त यहाँ मानवता भित्र पनि मानवता देखिन
बस जिवनको सम्पादनमा जुटेका कलम र मसिहरु
उपन्यास भर्ने मेरा जोसिला अक्षरहरु
सरकार-सरकार नरहेपछि
बन्द हड्ताल, चक्का जाममा परे
त्यसै त अचेल म ?
स्तब्ध छु
मौन छु
सिथिल छु
बस जे छु
नयाँ नेपाल मै छु यौटा निफर मनको साथमा छु
निर्दोष नेपाल
अनामनगर काठमाडौं