मुख्य समाचारराजनीति

कांग्रेसको पदाधिकारी बैठक,बूढानीलकण्ठमा बस्दै

, जेठ १२,

काठमाडौं– नेपाली कांग्रेसको पदाधिकारी बैठक अहिले बिहान बस्ने भएको छ। बैठक बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने उनको भनाइ छ। आजको बैठकमा सर्वोच्च अदालतमा दर्ता भएको मुद्दा तथा आगामी रणनीतिबारे छलफल हुने जनाइएको छ।

बैठकमा पार्टी सभामपतिले मंगलबार विपक्षी गठबन्धनको बैठकका बारे समेत पदाधिकारीलाई जानकारी गराउने बताइएको छ।

साथै, आजको बैठकमा पार्टीको आसन्न १४औं महाधिवेशनबारे समेत छलफल हुने पौडेलले बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button