राजनीति

वामपन्थी नेता विष्णुबहादुर मानन्धरको गरियो पशुपति आर्यघाटमा अन्त्येष्टि

१७ चैत, काठमाडौँ । बरिष्ठ वामपन्थी नेता विष्णुबहादुर मानन्धरको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । वरिष्ठ वामपन्थी नेता विष्णुबहादुर मानन्धरको ९१ वर्षको उमेरमा सोमबार साँझ निधन भएको थियो ।

उनको अन्यष्टि मंगलबार पशुपति आर्यघाटमा गरिएको छ । नेता मानन्धरलाई नेकपा९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सभामुख अग्निप्रसाद सापकोटा, माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, गणेश शाह, पूर्व सभामुख कृष्णबहादुर महरा लगायतका नेताहरुले अन्तिम बिदाइ गरेका थिए ।

नेता मानन्धर नेपाली कम्युनिष्ट आन्दोलनका इमान्दार नेताको रुपमा परिचित छन् । उनको नेपाल कम्युनिष्ट पार्टी९संयुक्त० बनाउनको लागि महत्वपूर्ण भूमिका रहेको छ । मानन्धर लामो समयसम्म नेकपा९संयुक्त०को महासचिव थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button