मुख्य समाचार

कोरोनाका कारण यो सात कतिको मृत्यु भयो ? हेर्नुहोस् !

१६ फागुन, काठमाडौं । कोरोना संक्रमणबाट विदेशमा यो साता थप तीनजना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार पछिल्लो साता युएईमा २ र पोर्चुगलमा एकजना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

योसँगै २१ देशमा कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या ३३९ पुगेको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म विभिन्न ५३ देशमा रहेका ६२ हजार ४०१ नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीमध्ये ६० हजार १२४ कोरोना संक्रमणमुक्त भएका छन् ।

संक्रमणमुक्त हुने दर ९६ दशमलव तीन प्रतिशत रहेको गैरआवासीय नेपाली संघ ‘कोभिड–१९’ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले बताउनु भएको छ ।

संघको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार पोर्चुगल, फ्रान्स, युएई, साउदी अरब र कतारमा रहेका थप नेपालीमा कोरोना संक्रमण देखिएको छ । यो साता इटाली, युक्रेनका नेपालीमा पहिलो पटक संक्रमण देखिएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button