मुख्य समाचारराजनीति

ओली समुहले प्रचण्ड– माधव समुहलाई दियो चुनौतीः रामकुमारी झाँक्री घरबाटै पक्राउ

राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोली झाँक्रीलाई उनकै घरबाट पक्राउ गरेको हो ।

यसअघि महाशाखाले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो, तर झाँक्रीले पक्राउ पूर्जीविना जान अस्वीकार गरेकीछन । राज्यविरुद्धको कसूरमा अनुसन्धान गर्न भनी झाँक्रीलाई पक्राउ पूर्जी पनि दिएको छ ।

गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर नेकपा ओली समूहले रामकुमारीलाई कारबाही गर्न माग गरेको छ । झाँक्रीलाई पक्राउ गर्न महाशाखाका डीएसपी दुर्गाराज रेग्मीको नेतृत्वमा दर्जन बढी प्रहरी अधिकारीहरु उनको निवासमा पुगेका थिए ।

झाँक्रीको पक्राउको विरोधमा उनको निवासबाहिर नेकपा प्रचण्ड-माधव समूहका धेरै कार्यकर्ता भेला भएका थिए । पक्राउ पर्नुअघि उनले सम्बोधन गर्दै आफू राज्यको कानुनको पालक भएको बताएकी थिइन् । महाशाखाका प्रमुख एसएसपी दीपक थापाले अखिल नेपाल महिला संघले दिएको उजुरीका आधारमा झाँक्रीलाई नियन्त्रणमा लीएको छ ।

यस्तै हिजो मात्रै प्रचण्ड–नेपाल लगाएतका सुरक्षामा खटिएका सुरक्षाकर्मी कटौति हुनु र आज झाँक्रीलाई निवासबाटै पक्राउ गर्नुले देश भिडन्ततिर उन्मुख भएको राजनीतिक बिश्लेषकहरुको ठम्याई छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button