मुख्य समाचारराजनीति

ओलीलाई जनताको भविश्य भन्दा पशुपतिको मुर्तिसँग बढी विश्वास छः खनाल

२८ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अहिलेको आन्दोलनको आवाज नसुनिए ०६२/०६३ को भन्दा ठूलो जनआन्दोलन हुने चेतावनी दिएका छन् । खनालले प्रधानमन्त्री केपी ओली र उनका मान्छेले अस्तीको कार्यक्रमलाई देखाएर कास्टिङ हो भन्नेलाई वास्तविक पार्टी कहाँ छ भनेर हेर्नका लागि प्रदर्शनीमार्गमा आउन चुनौती दिएका छन् ।

कानुन, नियम, ऐन के मिलाउनु पर्ने हो मिलाउन तर निणर्य सुनाउन ढिलो नगर्न आग्रह गरे । उनले ओलीले चुनाव गराएरै छोड्ने र दुई तिहाई ल्याएरै छोड्ने भनेर दिएको अभिव्यक्तिमाथि भंगेराको कथा सुनाएर व्यंग्य गरे । “मिस्टर केपी ओली  अबको दुई वर्षपछि हुने चुनावमा तपाईँको जमानत जफत हुनेछ,”भन्दै चेतावनि दियका छन ।

उनले प्रचण्ड र माधवकुमार नेपाललाई फेरि प्रधानमन्त्री बनाउन नभएर गणतन्त्रको रक्षा र देशको स्थायित्वका लागि लडिरहेको बताए । उनले ५८ वर्ष लगाएर जनवादी क्रान्ति गरेको र अब समाजवादको बाटोमा हिँडेको बताए ।

उनले ओलीले कृषि र भूमि सुधारका क्षेत्रमा केही पनि काम नगरेकाले आफूहरू त्यसमा काम गर्न चाहिरहेको बताए । खनालले ००६ सालमा पुष्पलालले पार्टी स्थापना गर्दा भनेको जनवाद आइसकेकोले अब समाजवादको उकालो बाटो हिड्न चाहेको बताउनु भयो ।

“केपी ओलीलाई जनता र भविष्यसँग भन्दा पशुपतिनाथको मुर्तीसँग बढी विश्वास छ,” उनले भने । उनले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलाई पनि संयुक्त आन्दोलनमा सहभागी हुन आग्रह गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button