मुख्य समाचारराजनीति

आन्दोलनलाई अझ सशक्त बनाउँदै लैजान्छौं : दाहाल

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध अझ सशक्त आन्दोलन गर्ने बताएका छन् । आज पार्टीले आयोजना गरेको विरोध प्रदर्शनका क्रममा सातदोबाटो पुगेका उनले सरकारले संविधान मिच्ने काम गरेको बताए । दाहाले आफूहरुको आन्दोलन लोकतन्त्रको रक्षाका लागि भएको बताए ।

संवैधानिक परिषद् र भूमि आयोगमा बल मिच्याइँ तरिकाले सरकारले नियुक्ति गरेको विरोधमा आन्दोलन गर्नुपरेको दाहालले प्रस्ट्याए । उनले आन्दोलनलाई अझ सशक्त बनाउँदै लैजाने क्रममा यहि माघ २८ गते विशाल प्रदर्शन गर्ने पनि बताए ।

२३ गते ओली समूहले राजधानीमा गर्न लागेको सभालाई दाहालले पञ्च¥यालीको संज्ञा दिएका छन् । उनले सरकार आफैंले जुलुस निकाल्नु भनेको पञ्चायतमा निकालिने पञ्च¥यालीजस्तै भएको बताए ।

त्यसैगरी प्रचण्ड-माधव समूहले आज आह्वान गरेका आमहड्तालका कारण काठमाडौंलगायत देशैभरको जनजीवनमा असर परेको छ। देशका मुख्य शहरहरुमा बिहानैदेखि सार्वजनिक सवारी, पसल व्यवसाय चलेका छैनन्।

राजधानीका केहि स्थानमा चलेका सार्वजनिक सवारी र नीजि सवारी फाट्टफुट्ट चलेका देखिन्छन्। नेकपाका नेता तथा कार्यकर्ता प्रदर्शन गर्न सडकमा उत्रिएका छन् । बिहीबार बिहानैदेखि चोकचोकमा बाक्लो मात्रामा सुरक्षाकर्मी खटिएका छन्।

बिरोधकै क्रममा राजधानीको गोंगबूमा दाहाल(नेपाल समूहका कार्यकर्ताहरुले ट्याक्सी जलाएका छन् ।

यस्तै प्रचण्ड–माधव नेपाल समूहले घोषणा गरेको आमहड्तालमा सडकमा निस्किएका ७७ जना नेता, कार्यकर्ता पक्राउ परेका छन् । निर्वादरुपमा हिँड्न अवरोध गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

 

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button