नेकपाको प्रचण्ड-नेपाल समुहले भोली देशैभरी आम हड्ताल गर्ने
२१ माघ, काठमाडौं । नेकपाको पुष्पकमल दाहाल– माधवकुमार नेपाल समुहले देशव्यापी आमहड्तालको घोषणा गरेको छ । असंवैधानिक संसद विघटन र संवैधानिक नियकामा सिफारिस गरिएकाहरुलाई शपथ ग्रहण गराएर खटाएपछि उक्र समुह थप आक्रोसित भएको हो ।
ओलीको असंबैधानीक कार्यका बिरुद्ध उक्त समुहले भोली देशवयापी आम हड्तालदेखी बिभिन्न आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । आज पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै उक्त समुहले पूर्व निर्धारित कार्यक्रमलाई परिमार्जन गरेर भोली देशव्यापी आम हड्तालको घोषणा गरिएको संघर्ष समितिकी सह–संयोजक पम्फा भुसाललले जानकारी दिएकी छिन् ।
असंवैधानिक रुपमा बलजफ्ती गरिएको संवैधानिक अंगहरुका पदाधिकारी र सदस्यहरुको नियुक्तिको विरोधमा आमहडताल आह्वान गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
आम हडतालमा यातायात, पसल, उद्योग, व्यवसाय, कलकारखाना र शिक्षण संस्था बन्द रहने छन् भने अस्पताल, एम्बुलेन्स, पानी, दुध, औषधिलगायत अत्यावश्यक सेवाहरु सुचारु रहने भएका छन् । विद्यार्थीको परीक्षा संचालनमा कुनै अवरोध नहुने श्रेष्ठले स्पष्ट पारे । विद्यार्थीले परिचयपत्र देखाएर सवारी साधन संचालन गर्न पाउने उनको भनाइ छ ।
आम हडताल शान्तिपूर्ण हुने उनले बताएका छन् । २८ माघमा काठमाडौंमा हुने विरोध प्रदर्शन र सभा यथावत रहेको पनि उनले जानकारी दिएका छन् । देशभर आम हड्ताल गर्नु आफूहरुको बाध्यता भएको प्रवक्ता एवं संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै उक्त समूहले तेस्रो चरणको आन्दोलन गरिरहेको छ । उक्त समूहले २८ गते राजधानीमा बृहत प्रदर्शन गर्दै छ ।